काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।
आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।