लिपुलेकसम्म सडक पुर्‍याउँदै भारत, मानसरोवर जाँदा नेपालको मार्ग प्रयोग नहुने

काठमाडौं । सोमबार भारतले उत्तराखण्डको देहरादूनमा दिल्ली–देहरादून एक्सप्रेस राजमार्गको उद्घाटन गर्‍यो । प्रधानमन्त्री नरेन्द्र मोदीले १२ हजार करोडको उक्त सडक उद्घाटन गरेका थिए ।

कार्यक्रममा भारतीय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीको पनि सम्बोधन थियो । सो क्रममा उनले अब मानसरोवर जाँदा भारतीय पर्यटकले नेपालको मार्ग प्रयोग गर्न नपर्ने गरी सरकारले काम गरिरहेको बताए ।

‘मानसरोवरप्रति हाम्रो धेरै श्रद्धा छ,’ उनले भने, ‘अहिले नेपालको बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । पाँच हजार दुई सय करोडको लागतमा टनकपुर–पिथौरागढ हुँदै लिपुलेकसम्म सडक निर्माण भइरहेको छ । ३७० मध्ये २०० किलोमीटर सडक निर्माण भइसकेको छ ।झ

मन्त्री गडकरीले १२९ किलोमिटरमा समस्या भए पनि आगामी वर्षमा निर्माण सक्ने बताए । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गर्दै आएको हो ।

उसले उक्त सडकलाई मानसरोवर जोड्ने मार्गका रूपमा प्राथमिकतामा राखेर काम गर्दै आएको छ । अहिले भारतीय पर्यटक कर्णाली प्रदेश हुँदै मानसरोवर पुग्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.