दार्चुला प्रहरीले गर्‍यो एक महिनाको अपराध तथा घटना विवरण सार्वजनिक

 

 

दार्चुलामा पछिल्लो अवधिमा विभिन्न प्रकृतिका घटनाहरू घटेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनादेखि लिएर आत्महत्या र अन्य आपराधिक गतिविधिहरूका विवरण सार्वजनिक गरिएको छ।

गत चैत्र महिनामा मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ कुल ९ वटा उजुरी दर्ता भएका छन्। उमेर समूहअनुसार हेर्दा २१–२५ वर्ष समूहमा सबैभन्दा बढी ७ जना प्रभावित रहेका छन् भने २६–४५ र ४६–५९ वर्ष समूहमा समान रूपमा १/१ जना रहेका छन्।

हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार ६ जना हराएको र ६ जना फेला परेको उल्लेख गरिएको छ। घरेलु हिंसातर्फ ५ वटा उजुरी परेकोमा सबै ५ वटै मिलापत्र भएको र कुनै पनि मुद्दा अदालत पुगेको छैन।

ठाडो उजुरीतर्फ २२ वटा उजुरी प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा परेको छ। ती सबै २२ वटै उजुरी फछ्र्यौट भइसकेका छन् । आत्महत्या सम्बन्धी घटनामा कुल १ जनाको मृत्यु भएको छ, जसमा पुरुष १ जना रहेका छन् भने महिला, बालक र बालिका शून्य रहेका छन्।

आत्महत्याको कारणमा झुण्डिएर आत्महत्या १ रहेको र विष सेवनबाट आत्महत्या भएको घटना नभएको जनाइएको छ। उमेर समूहअनुसार ३१–४० वर्ष समूहमा १ घटना देखिएको छ।

त्यसैगरी, चैत महिनामा घटेका मुख्य अपराधमध्ये झुण्डिएर आत्महत्या १, लागू औषध सम्बन्धी १ घटना रहेको छ भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, वैदेशिक कसुर र साइबर अपराधका घटना शून्य रहेका छन्। कुल २ वटा प्रमुख अपराधका घटना दर्ता भएका छन्।

प्रहरीले समाजमा शान्ति सुरक्षाको अवस्था सुदृढ राख्न निरन्तर सक्रियता बढाएको जनाएको छ। साथै, नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

दार्चुलामा तीन सवारी साधन दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते

Leave A Reply

Your email address will not be published.