प्रत्यक्ष निर्वाचन नजितेको दार्चुलामा रास्वपाले समानुपातिक सांसद कठरियालाई जिम्मेवारी तोक्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सचिवालयको सोही निर्णय अनुसार दार्चुलामा समानुपातिक सांसद करिस्मा कठरियालाई जिम्मेवारी दिएको जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिका–१० की करिश्मा कठरिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनी कठरिया समुदायबाट संघीय संसदमा पुग्ने पहिलो व्यक्ति हुन् ।

समानुपातिक सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । ‘पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकिएको जनाएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट नेकपा एमालेका केन्द्रीय सदस्य पूर्वमन्त्री गणेश सिह ठगुन्ना निर्वार्चित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.