काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५६ हजार ९० रुपैयाँ कायम गरिएको छ । सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो ।
हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३०४ रुपैयाँ रहेको महासंघले जनाएको छ ।