१९ बर्षिय कृष्ण रावलद्धारा नेपाली कांग्रेस प्रदेश प्रतिनिधिको उम्मेद्बारी घोषणा

दार्चुला । दार्चुलाको शैल्यशिख नगरपालिका वडा नम्बर ५ का १९ बर्षिय कृष्ण सिंह रावलले नेपाली कांग्रेसको प्रदेस प्रतिनिधिको लागी उम्मेद्धारी घोषणा गर्नुभएको छ । १४औं महाधिवेशनमा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बाट सर्बसहमतीबाट क्षेत्रीय प्रतिनिधिमा छनोट भएका रावलले प्रदेश प्रतिनिििधको लागी पनि आफुले उम्मेद्धारी दिने बताएको हो ।
सानै उमेर देखि राजनैतिक क्षेत्रमा होमिएका रावल ५ कक्ष पढ्दा खेरी नै जगन्नाथ बाल क्लबको अध्यक्ष बन्नुभएको थियो ।

मैले सम्पूर्ण बालबालिका हरु लाई समेटेर बालबालिकाहरुको माग सम्बोधन हुनुपर्छ बालबालिकाको हक हितका निमित्त काम गर्ने उदेश्यका साथ म आफैले एउटा क्लबको रूपमा जगन्नाथ बाल क्लब नामक क्लबको स्थापन गरेको थिए यो क्लब आफ्नो टोल सरसफाइ देखि लिएर मन्दिर बिद्यालय बजार सबै ठाउँमा सरसफाइ गरि बालबालिकाहरु का लागी विभिन्न कार्यक्रम जस्तै बक्तिक्तकला प्रतियोगिता ,हाजिरिजबाब सांस्कृतिक कार्यक्रम गरेर सुरुवात गरेको थिए

क्लब को काम गर्दैगर्दा शैल्यशिखर नगरपालिका अन्तर्गत बाल संजाल सचिव को रूपमा काम गरेको थिए त्यस पछि नेपाल विद्यार्थी संघ सम्बन्ध आवद्ध भए अनि नेपाल विद्यार्थी संघ श्री मालिकार्जुन मा।बि आगर को इकाई अध्यक्ष भएको थिए१ कक्षा ९ मा पढ्दा खेरि नेपाल विद्यार्थी संघ जिल्ला अधिबेशनबाट निर्बिरोध सर्बसहमतिले नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सदस्य भएको थिए१कक्षा ११ मा पढ्दै गर्दा बि।पि अध्ययन प्रतिष्ठान जिल्ला कार्यसमिति को महासचिव भएको थिए उहाँले अनुभव सुनाउनुभयो ।

असल र युवा नेतृत्वबाट मात्रै देशको बिकास संम्भव भएकाले युवाहरुले पनि अवसर पाउँनुपर्ने उहाँले धारण राख्नुभयो ।

health
Leave A Reply

Your email address will not be published.