जिल्ला अस्पताल दार्चुलामा मेडिकल अधिकृतका लागि दरखास्त आह्वान

दार्चुला । जिल्ला अस्पताल दार्चुलाले सेवा करारमा जनशक्ति छनोट गर्न दरखास्त आह्वान गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको अस्पतालले आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत कार्यक्रमअनुसार एक जना मेडिकल अधिकृत पदका लागि आवेदन खुला गरेको हो।

सूचना अनुसार ब्क्द्यब् तालिम प्राप्त मेडिकल अधिकृत आवश्यक रहेको उल्लेख गरिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ।
अस्पतालले उम्मेदवार छनोट प्रक्रिया छोटो सूची र अन्तर्वार्तामार्फत गर्ने जनाएको छ। साथै, कार्य अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्तसँग नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्र र काउन्सिल दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

दरखास्त जिल्ला अस्पताल दार्चुलामा बुझाउन सकिनेछ भने आवश्यक परेमा अस्पतालको इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ। तलब तथा अन्य सेवा सुविधा नेपाल सरकारको नियमअनुसार उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ। थप जानकारीका लागि जिल्ला अस्पताल दार्चुलाको प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.