दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा –९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गदैँ सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले इलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन ।
कार्यालय स्थापना भएसँगै यहाँका पाँच पालिकाका नागरिकले राज्यबाट प्रवाह हुने सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालय आउनुपर्ने बाध्यता हटेको छ । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको बताएका छन् ।
इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता एवम सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आर्थित्यता तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिह धामी र उप प्रमुख शान्ती खडायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।
हिमाली, स्थानीय तह अपिहिमाल,नौगाड,मार्मा गाउँपालिकाका नागरीकले राज्यबाट पाउने सेवा सुविधा महङगो खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेको थियो ।यहाँका स्थानीय तह, राजनीतिक दल र प्रशासनसहितको नागरिकको मागअनुसार सरकारले पाँच पालिकाका नागरिकले खलंगा जानूपर्ने बाध्यता हटेको छ । इलाका प्रशासन कार्यालय स्थापना भएसंगै त्यहाँका नागरीकहरु खुशी भएका छन् ।