दार्चुलामा गोठालो गएका एक जना मृत फेला

दार्चुलामा एक जना पुरुष गोठालो गएका बेला मृत फेला परेका छन् । जिल्लाको ब्यास गाउँपालिका वडा –६ बडुगाउँका ५८ वर्षीय सुनादत्त बडु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार घर नजिकै गोठालो गएका बडु बेलुकासम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए ।

खोजतलासका क्रममा उनी घरदेखि करिब एक किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमराज भट्टको टोली घटनामा स्थान गइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.