दार्चुला । शैल्यशिखर नगरपालिका वडा – ८ मा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। वडा कार्यालयका अनुसार २७ गतेदेखि उक्त क्षेत्रमा इन्टरनेट सेवा सुचारु गरिएको हो।
वडा – ८ को आर्थिक सहयोग तथा अपी कम्युनिकेसन प्रालिको संयुक्त सहकार्यमा सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ। इन्टरनेट सेवा विस्तारसँगै वडाभित्र हुने विभिन्न प्रशासनिक, शैक्षिक तथा दैनिक सेवाहरू सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
वडा कार्यालयले सेवा सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई सूचना तथा प्रविधिमा पहुँच विस्तार भएको जनाएको छ। साथै, वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू अब थप छिटो, प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरिएको छ।
वडा कार्यालयले इन्टरनेट सेवा सञ्चालनमा आएको जानकारी सम्पूर्ण सेवाग्राही तथा स्थानीयवासीलाई गराएको छ।