कांग्रेसले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विशेष भेला गर्दै

नेपाली कांग्रेसले साेमबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गर्दैछ । विशेष महाधिवेशन सम्पन्न भएपश्चात् प्रतिनिधिसभा निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न कांग्रेसले यो भेलाको आयोजना गरेको हो ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको यस भेलालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहनेछ ।

भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.