१५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नहटाए डोजर चलाउने मालिकार्जुन गाउँपालिकाको चेतावनी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धी सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरेको छ।

गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको पत्राचार तथा गाउँ कार्यपालिकाको निर्णय बमोजिम १५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन पालिकाबासीहरुमा आग्रह गरेको हो ।

सूचनामा गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा पर्खालहरू सम्बन्धित व्यक्तिहरूले स्वयं हटाउन अनुरोध गरिएको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न गाउँपालिकाले निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै सरोकारवालालाई सहयोग गर्न अपिल गरेको छ।सूचना बमोजिम तोकिएको समय सीमाभित्र त्यस्ता संरचना नहटाए प्रचलित कानून बमोजिम आवश्यक प्रकृया अगाडि बढाईने पालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.