राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा आगामी १ देखि ७ असारसम्म सञ्चालन हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने / गराउने गरी राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०१/२८ मा बसेको बैठकमा निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएकाे छ ।
यस्ताे छ पूरक परीक्षा तालिका :
