दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाले सम्पाल मावि सुन्सेराका प्रधानाध्यापक तथा गाउँ शिक्षा समितिका सदस्य बलदेब सिह धामीको निधन भएपछि शोक बिदा दिएको छ । गाउँपालिकाले वडा –४ सुन्सेरा स्थित सम्पाल माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यपक बलदेव सिह धामीको असमाहिम निधन भएकोमा दु:ख व्यक्त गर्दै आज मंगलबार लागि शोक बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष मलंगल सिह धामीका अनुसार मंगलबार आज एकदिन गाउँपालिकाको कार्यालय सुन्सेरा र मातहतका सम्पूर्ण कार्यालय तथा शौक्षिक संस्थाहरुमा शोक बिदा दिइएको बताएका छन् ।
शिक्षक धामीको निधनप्रति दु:ख व्यक्त गर्दै गाउँपालिका अध्यक्षस्तरीय निर्णयअनुसार शोक विदा दिएको शोक विदामा उल्लेख गरिएको छ । गाउँपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।
प्रधानाध्यापक धामी सोमबार हिजो बिहान विद्यालयको निवासमा मृत फेला परेका थिए। घटनाको अनुसन्धान गर्न प्रहरीले ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।मृतक धामीका आफन्त तथा अन्य स्थानीयहरुले घटनाको सत्यतथ्य छानविनका लागि आग्रह गरेका छन् ।
