व्याँस गाउँपालिकाका विद्यार्थीको निधारमा कालो पट्टी

दार्चुला । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी व्याँस गाउँपालिकाका विद्यार्थीहरूले सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव धामीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै ‘कालो पट्टी’ बाँधेर शोक मनाएका छन् ।

प्रतियोगितामा सहभागी विद्यार्थी, शिक्षक तथा खेलकुद टोलीले निधारमा कालो पट्टी बाँधेर स्वर्गीय धामीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनीहरूले शिक्षा क्षेत्रमा धामीले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनले जिल्लाको शैक्षिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

प्रतियोगिता स्थलमा केही समय मौनधारण समेत गरिएको सहभागीहरूले बताएका छन् । प्रधानाध्यापक धामीको निधनप्रति जिल्लाभर शोक व्यक्त भइरहेका बेला खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पनि भावनात्मक रूपमा श्रद्धासुमन अर्पण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.