दार्चुलाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडीहरू छनोट (नामावली सहित)

दार्चुलामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिताका लागि विभिन्न विधाका छात्र तथा छात्रा खेलाडीहरू छनोट भएका छन्। जिल्ला खेलकुद समिति दार्चुलाले छनोटमा परेका खेलाडीहरूको आधिकारिक नामावली सार्वजनिक गरेको हो। छनोट सूची अनुसार कराँते/मार्सल आर्ट्स (तौल समूह) तथा भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने स्थानीय तहका खेलाडीहरू प्रदेश स्तरीय प्रतिस्पर्धाका लागि छानिएका हुन्।

जिल्ला खेलकुद समिति दार्चुलाका कार्यालय प्रमुखद्वारा हस्ताक्षरित यस सूचीका खेलाडीहरूले अब प्रदेश स्तरमा दार्चुला जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। समितिले छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत व्यक्त गरेको छ।

१. कराँते तथा विधागत छनोट (छात्रा)

कराँते तथा एकल काता विधामा महाकाली नगरपालिकाको पूर्ण वर्चस्व रहेको छ। छनोट हुने छात्राहरूमा:

  • जोतिसा धामी – महाकाली न.पा

  • निरुता बोहरा – महाकाली न.पा

  • जेनिसा भट्ट – महाकाली न.पा.

  • रेश्मी सामन्त – महाकाली न.पा

  • २. भलिबल खेल तर्फ छनोट भएका खेलाडीहरू

    भलिबल खेलतर्फ जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट प्रतिभाका आधारमा छात्र तथा छात्रा दुवै समूहका खेलाडीहरू छानिएका छन्।

    छात्र समूह:

    • विरेन्द्र लोहार – शैल्यशिखर न.पा.

    • रोशन ओड – शैल्यशिखर न.पा.

    • सन्तोष भुल – नौगाड गा.पा.

    • राहुल विष्ट – नौगाड गा.पा.

    • कविन्द्र धामी – महाकाली न.पा.

    • जमन धामी – महाकाली न.पा.

    • निरज विष्ट – महाकाली न.पा.

    • प्रमोसन टमटा – मार्मा गा.पा.

    • नरेश पार्की – लेकम गा.पा.

    • अमृत नाथ – लेकम गा.पा. (वैकल्पिक)

    • अविनास महर – मालिकाार्जुन गा.पा. (वैकल्पिक)

    • छात्रा समूह:

      • लक्ष्मी धामी – नौगाड गा.पा.

      • कमला धामी – नौगाड गा.पा.

      • सर्मिला डडाल – नौगाड गा.पा.

      • पवित्रा ठगुन्ना – नौगाड गा.पा.

      • राधिका विष्ट – लेकम गा.पा.

      • मन्जु धामी – मार्मा गा.पा.

      • आसु सिंह – मार्मा गा.पा.

      • बविता चौसिर – महाकाली न.पा.

      • रोसनि पुजारा – लेकम गा.पा.

      • इन्जिला धामी – ब्यास गा.पा. (वैकल्पिक)

Leave A Reply

Your email address will not be published.