दार्चुला । १६औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन दार्चुला जिल्ला खेलकुद समितिको टोली डडेल्धुरातर्फ प्रस्थान गरेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीसहित कुल ७९ सदस्यीय टोली प्रतियोगिताका लागि डडेल्धुरा गएको हो ।
टोलीमा महाकाली नगरपालिकाबाट २७ जना, शैल्यशिखर नगरपालिकाबाट ११ जना, मार्मा गाउँपालिकाबाट ९ जना, अपिहिमाल गाउँपालिकाबाट १ जना, नौगाड गाउँपालिकाबाट ८ जना, व्याँस गाउँपालिकाबाट २ जना, मालिकार्जुन गाउँपालिकाबाट ५ जना तथा लेकम गाउँपालिकाबाट ७ जना सहभागी रहेका छन् ।
त्यसैगरी टोलीमा ८ जना प्रशिक्षक/व्यवस्थापन पक्षका सदस्य र १ जना टिम लिडर समेत रहेका छन् ।
प्रतियोगितामा दार्चुलाका खेलाडीहरूले विभिन्न विधामा सहभागिता जनाउने जिल्ला खेलकुद समितिले जनाएको छ । प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभा पहिचान र प्रदेशस्तरीय खेलकुद विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।