हावाहुरीका कारण घाईते भएकी बेलौरीकी बालिकाको उपचारका लागि अपिल

  • कञ्चनपुर, २० जेष्ठ।

हावाहुरीका कारण घाईते भएकी कञ्चनपुर बेलौरीकी एक बालिकाको उपचारका लागि अपिल गरिएको छ । गत शनिबार १६जेठमा आएको हावाहुरीका कारण बेलौरी नगरपालिका ९रतनपुरकी अनुस्का भट्टको उपचारका लागि अपिल गरिएको हो । एक्कासी हावाहुरी आउँदा अनुस्का छतबाट ओर्लीने क्रममा घाईते भएर टाउकोमा गम्भिर चोट लागेको घर परिवारले जनाएको छ । मायामेट्रो अस्पतालको आईसियुमा अनुस्काको उपचार भर्ईरहेको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या आएको भन्दै घर परिवारले सक्दो आर्थिक सहयोगका लागि अपिल गरेका छन । ११ बर्षिया बालिकाको ज्यान रक्षाका लागि उनका काका शुनिल भट्टको ९८१०७९४४३९ईसेवामा सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन ।

 

 

Leave A Reply

Your email address will not be published.