आन्द्रामा प्वाल परेर आईसीयूमा उपचाररत नरेश जोशीका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ रेबली निवासी नरेश जोशी गम्भीर बिरामी भएपछि हाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।

आन्द्रामा प्वाल परेर स्वास्थ्य अवस्था जटिल बनेपछि उनको निरन्तर उपचार भइरहेको परिवारले जनाएको छ।

उपचारका क्रममा ठूलो रकम खर्च भइरहेको भए पनि परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भएको नरेशका आफन्तहरूले बताएका छन्। बिरामीको ज्यान बचाउन थप आर्थिक सहयोग आवश्यक परेकाले सहयोगी मन भएका सबैमा आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

परिवारका अनुसार सानो–सानो सहयोगले समेत उपचारमा ठूलो राहत पुग्ने भएकाले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई सक्दो सहयोग गर्न तथा यो सन्देश बढीभन्दा बढी मानिससम्म पुर्‍याउन अनुरोध गरिएको छ।

सहयोगसम्बन्धी थप जानकारीका लागि सम्पर्क नम्बर ९८६५९६१७६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ। व्यस्तताका कारण फोन वा सन्देशको जवाफ दिन केही ढिलाइ हुन सक्ने भएकाले त्यसलाई सहज रूपमा लिन परिवारले अनुरोध गरेको छ। “मानव सेवा नै धर्म हो” भन्ने भावनाका साथ नरेशको उपचारमा सहयोग गर्न परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.