दार्चुला । दार्चुला जिल्लाका ६ जना प्रतिभाशाली खेलाडी सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै १६औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका छन्।
जिल्लाका खेलाडीहरू विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश टोलीमा स्थान बनाउन सफल भएका हुन्।
प्रतियोगितामा दार्चुलाबाट भलिबल छात्रतर्फ १ जना, कबड्डी छात्रतर्फ १ जना, कबड्डी छात्रातर्फ १ जना, एथलेटिक्स छात्रतर्फ १ जना, एथलेटिक्स छात्रातर्फ १ जना तथा कराते छात्रतर्फ १ जना गरी कुल ६ जना खेलाडी सहभागी रहेका छन्।
जिल्लाबाट छनोट भएका खेलाडीहरूले प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरेपछि केन्द्रस्तरीय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश टोलीमा स्थान सुरक्षित गरेका हुन्। उनीहरूको सहभागिताले दार्चुलाको खेलकुद क्षेत्रको सम्भावना र प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्राप्त भएको खेलकुदकर्मीहरूले बताएका छन्।