श्रीमान गुमाएकी शेयर सदस्य जानकीलाई किसान बहुउदेश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग 

धनसिह धामी

कञ्चनपुर २५ जेष्ठ ।

किसान बहुउदेश्यीय सहकारी संस्थाले कञ्चनपुरको भीमदत्त नगरका एक शेयर सदस्यलाई आर्थिक सहयोग गरेको छ । किसान बहुउदेश्यीय सहकारी संस्थाले भीमदत्त नगरपालिका ११भुजेलाकी शेयर सदस्य जानकी सुनार(कडरा)को परिवारलाई आर्थिक सहयोग गरेको हो ।

शेयर सदस्य जानकीका श्रीमान सजय कडराको गत १२बैशाख ०८३मा निधन भएको थियो । एक कार्यक्रमका विच सोमबार सहकारीले घरमै पुगेर शेयर सदस्यका श्रीमानको निधन भएपछी सहकारीले जानकीको परिवारलाई शोकाकुल सुविधा हस्तान्तरण गरेको छ ।

किसान बहुउदेश्यीय सहकारी संस्था दोधाराचाँदनी शाखाकी सदस्य जानकीलाई तीन लाख ५८हजार ८सय ८३रुपैया सहयोग गरेको हो । किसान बहुउदेश्यीय सहकारी संस्था दोधाराचाँदनी शाखा प्रमुख लोकेन्द्र गौमले शेयर सदस्यलाई सुखदुखमा साथ दिदै आएको जस अनुरुप जानकीका श्रीमानको निधन भएपछि उनलाई आर्थिक सहयोग गरेको बताए । किसान बहुउदेश्यीय सहकारी संस्था शुक्लाफाँटाका प्रमुख जयशंकर न्यौपानेले सहकारीले विभिन्न सहयोग अन्र्तरगत जानकीको परिवारलाई उक्त सहयोग गरेको बताए । साथै मृतक सञ्जयको स्मृतिमा लिचीको बिरुवा समेत वितरण गरिएको छ । कार्यक्रममा शेयर सदस्य सहितको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.