दार्चुला । दार्चुला जिल्लाका ५ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाको छात्रवृत्तिमा छनोट भएका छन्।
दार्चुलाबाट विज्ञान संकायतर्फ ३ र व्यवस्थापनतर्फ २ जना विद्यार्थी छनोट भएका छन्। अन्य संकायमा विद्यार्थी छनोट भएका छैनन्।
छनोट भएका विद्यार्थीले नि:शुल्क कक्षा ११ र १२ पढ्न पाउने छन्। धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट पूर्ण छात्रवृत्ति दिन थालेको हो।