सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन,सांसद ठगुन्ना

दार्चुला। दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको बाटोको लागि सरकारले बजेट पर्याप्त नछुटाएको बताएका छन् ।

लिपुलेक, कालापानी समेत रहेको जिल्लाका सांसद ठगुन्नाले सीमा क्षेत्रमा बजेट कम भएको भन्दै ठगुन्नाले सरकारले दिने भनेको विशेष प्राथमिकता कस्तो हो ? भन्दै प्रश्न गरे ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि छलफल गर्दै ठगुन्नाले संसदमा सीमाको विषयमा बहस हुने गरेकोमा पनि भूगोलको जनतामा थप पिडा भइरहेको सुनाएका हुन् ।

उनले दुर्गम हिमाली र पहाडी जिल्लालाई बजेटले सधैँ वञ्चित गरिरहेको भन्दै आगामी आवको बजेटले पनि वञ्चित गरेको बताए ।

Leave A Reply

Your email address will not be published.