बैतडी । बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौना घर भएका एकजना बेपत्ता भएका छन् ।
अन्दाजी ६५ बर्षीय जयसिंह महरा गएको बुधबारदेखि बेपत्ता रहेका स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए ।
भैंसी खरीद गर्नका लागि पाटन नगरपालिका–२ ठडकुडा गएको स्थानीय रामसिंह महरासँगै जयसिंह महरा पनि बुधबार ठडकुडा गएका थिए । उनी ठडकुडाबाटै बेपत्ता भएका भाटले बताए ।
बेपत्ता जयसिंह महराको खोजीका लागि गाउँलेहरुको टोली खटिएको छ भने प्रहरीमा समेत निवेदन दिएको भाटले बताए । निवर्तमान वडा सदस्य समेत रहेका महराको खोजी कार्य जारी रहेको भएपनि फेला पार्न सकिएको छैन् ।
बेपत्ता भएका महरालाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८९७९६२७, ९८४८८६०१२३, ९८६१२९४३९७ र ९८६३०८०९७९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।