दुहुँ गाउँपालिकामा प्रधानाध्यापक र लेखापालका लागि कम्प्युटर सीप विकास तालिम सम्पन्न

दार्चुला ।  दुहुँ गाउँपालिकाको आयोजना र सूचना प्रविधि शाखाको सहजिकरणमा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरूका लागि सञ्चालित कम्प्युटर सीप विकास तालिम सम्पन्न भएको छ ।

शैक्षिक सत्रको सुरुवातसँगै सञ्चालन गरिएको उक्त तालिमको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउँदै शिक्षण–सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोग विस्तार गर्नु रहेको गाउँपालिकाले जनाएको छ ।

तालिमका क्रममा सहभागीहरूलाई आधारभूत कम्प्युटर सञ्चालन, कार्यालय व्यवस्थापन प्रणाली, डाटा प्रविष्टि, तथा शैक्षिक प्रशासनसँग सम्बन्धित डिजिटल उपकरणहरूको प्रयोगबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

गाउँपालिकाले आगामी दिनमा पनि विद्यालयहरूको क्षमता अभिवृद्धि र डिजिटल शिक्षण प्रणाली सुदृढीकरणका लागि यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ ।

तालिम सम्पन्न भएपछि सहभागीहरूले यसले विद्यालय प्रशासनिक कामलाई सहज बनाउने तथा शिक्षण प्रक्रियामा प्रविधिको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.