दार्चुला । दार्चुलामा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–१ थाङलिङकी ८० बर्षीया सौली ठेकरेको आइतबार थाङलिङबाट सल्लागाउँ जाने क्रममा सोही क्षेत्रको भीरबाट लडेर मृत्यु भएको हो ।
भीरबाट करीब २ सय मिटर तल खसेकी ठेकरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।