कञ्चनपुर, असार २
कञ्चनपुरको उत्तरी चुरेफेदमा रहेको खल्लामछेट्टी जोड्ने अवरुद्ध सडक सुचारुको माग अघि सारिएको छ ।
स्थानीयहरुले भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी जोड्ने सडक सुचारुका लागि सरोकारवालालाई अल्टिमेटम दिएका हुन ।
सोमबार एक संयुक्त प्रेस नोट जारी गर्दै अवरुद्ध सडक विस्तार र भीनपा ९ वडा सचिव नियुक्तीको विषय अघि सारेका छन ।
स्थानीय अगुवा राकेशराज टमाटा, रमेश नाथ, देवेन्द्र नाथ, राकेश चन्द, दिपेन्द्र सिह सहितका स्थानीयले हस्ताक्षर गर्दै तत्तकालिन सडक सुचारु र वडा सचिवको व्यवस्थापनको माग अघि सारेका हुन ।
बर्षात नजिकिदै गएपछि जिल्लाका विभिन्न स्थान जानका लागि खल्लामछेट्टीबासीलाई समस्या भएको जनाउँदै सात दिन भित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन ।
पालिका, प्रदेश र संघीय ससदका जनप्रतिनिधीको फोटो प्लेयकार्ड सहित राखेर वडा कार्यालयदेखि चरणबद्ध सरकार बिरुद्ध आन्दोलनको चेतावनी दिएका छन ।
भीनपा ९का वडाध्यक्ष गगन नाथले वडा सचिव पदपूर्तिका लागि पालिकासंग अनुरोध गरिएको र खल्लामछेट्टी गाँउका जानका लागि सडक शुचारुका लागि पालिका सहितका सरोकारवाला निकायसंग अनुरोध गरिएको बताए ।