कञ्चनपुर, ४ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा किशोरी छात्रालाई आत्मरक्षा तालिम दिन लागिएको छ । भीमदत्त नगरपालिका १८नम्बर वडा कार्यालयको आयोजनामा बिहीबारदेखि किशोरी छात्रालाई आत्मरक्षा तालिम दिन लागिएको हो ।
भीनपा १८का वडासचिव दिनेशराज भट्टले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत किशोरी छात्रालाई तालिम दिन लागेको बताए । उनका अनुसार किशोरीलाई आत्मबल, विश्वास प्राविधिक शिप सिकाईमा बृद्धि गर्नका लागि तीन दिने तालिम संचालन गरिएको छ । तालिममा ३५छात्रा विद्यार्थीको सहभागिता रहेको छ । भीनपा १८का वडा सदस्य समेत रहेका प्रशिक्षक हेम बहादुर बस्नेतले किशोरीको आत्मबल बृद्धि गर्दै सुरक्षाका लागि तालिम संचालन गरिएको बताए ।
बस्नेत सहित जमुना बस्नेत लिला सिह(बोहरा), निर्मला डगौरा,सरस्वती डगौराले तालिम दिन लागेका छन । यसैविच भीनपा १८ सहित नगरपालिका र सामुदायिक प्रहरी साझेदारीमा वडामा रहेका विद्यार्थी किशोरहरुलाई लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्तम गरिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावत, अधिवक्ता पूर्णिमा भट्ट सहितले प्रशिक्षण दिएका थिए । भीनपा १८का वडाध्यक्ष रविन्द्र देवकोटाले लागुऔषधबाट बालबालिका जोगाउनुपर्नेदेखि आक्र्रमण हिन्साबाट किशोरी जोगाउनुपर्नेमा जोडदिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले किशोरी सुरक्षादेखि लागु औषध नियन्त्रणका लागि पालिका सरकारले थुप्रै कार्यक्रम संचालन गरिरहेको बताए ।