कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जेठ १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए ।

जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ ।

यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो ।

Website :

राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np

नेपाल टेलिकमको website : https://neb.ntc.net.np

SMS सेवा :

NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

IVR सेवा :

नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

USSD सेवा :

* १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

Leave A Reply

Your email address will not be published.