दार्चुलामा नसर्ने रोगको जोखिम बढ्दो: कुल बिरामीमध्ये उच्च रक्तचाप र दमका रोगी धेरै

दार्चुला । दार्चुलामा स्वास्थ्य कार्यालयले ’नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम’ अन्तर्गत सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले जिल्लामा नसर्ने रोगको प्रकोप चिन्ताजनक रूपमा बढिरहेको देखाएको छ।

प्राप्त तथ्याङ्क अनुसार हाल नसर्ने रोगका कुल प्रमाणित बिरामीको संख्या ८हजार २२८जना पुगेको जनाएको छ ।
नसर्ने रोगको अवस्था र वर्गीकरणकुल बिरामीहरूको अनुपातलाई हेर्दा सबैभन्दा ठूलो हिस्सा उच्च रक्तचापका बिरामीहरूले ओगटेको देखिएको छ ।

उच्च रक्तचापका कुल बिरामीको ३८ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यस्तै दमका कुल बिरामीको संख्या २७ प्रतिशत रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिए ।

एस्थमा दमका कुल बिरामीको १७ प्रशित रहेको छ । जिल्लामा मधुमेहका कुल बिरामीको संख्या १३ प्रतिशत रहेको छ ।

प्रमुख नसर्ने रोगहरूको तुलनात्मक विवरण अनुसार हेर्दा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२विगत दुई आर्थिक वर्षको तथ्याङ्कलाई तुलना गर्दा प्रमुख चारवटा नसर्ने रोगका बिरामीहरूको संख्यामा निकै उतारचढाव देखिएको छ ।

नसर्ने रोगको प्रकार आ.व. २०८०/८१ को संख्या आ.व. २०८१/८२ को संख्या
उच्च रक्तचाप (Hypertension) ३,२६० ४,१३९
दम (COPD) २,७६१ ३,६६४
एस्थमा (Asthma) २,०११ २,२२५
मधुमेह (Diabetes Mellitus) ७८७ १,१३२

स्वास्थ्य विज्ञहरूका अनुसार बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र शारीरिक व्यायामको कमीका कारण यी रोगहरू जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखा परिरहेका छन्। यसको नियन्त्रणका लागि प्रतिकारात्मक र चेतनामूलक कार्यक्रमहरूलाई तल्लो तहसम्म लैजानु पर्ने आवश्यकता देखिएको छ।

Leave A Reply

Your email address will not be published.