विष्णु पौडेललाई बिशेष अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं । सम्पत्ती शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई आज बिशेष अदालतमा उपस्थित गराउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तयारी छ।

म्याद थपको लागि उनलाई अदालत लैजान लागिएको हो।

विभागको अनुरोधमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतमा पक्राउ गरेको थियो। उनलाई राति नै सडकमार्ग हुँदै काठमाडौं ल्याइएको छ।

बिचौलिया दीपक सभट्टँग करोडौंको शंकास्पद कारोबारको विवरण भेटिएपछि विभागले उनलाई पक्राउ गरेको हो। अर्थमन्त्री हुँदा मन्त्रालय नै बिचौलियाको स्वार्थमा चलाएको आरोेप पौडेलमाथि छ।

Leave A Reply

Your email address will not be published.