दार्चुला । जिल्ला अस्पताल दार्चुलाले गत जेठ महिनामा अस्पतालबाट प्रवाह गरेका सेवाहरूको मासिक विवरण सार्वजनिक गरेको छ। मंगलबार एक सूचना जारी गदैँ अस्पताल अस्पतालबाट प्रवाह गरेका सेवाहरूको मासिक विवरण सार्वजनिक गरेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टद्वारा प्रमाणित गरिएको प्रतिवेदन अनुसार उक्त महिनामा हजारौँ स्थानीय नागरिकहरूले विभिन्न क्षेत्रका स्वास्थ्य सेवाहरू प्राप्त गरेको सूचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा बढी चाप बहिरङ्ग सेवा (ओपीडी) मा देखिएको छ।
महिनाभर ३,६६६ जनाले ओपिडी सेवा लिएका छन् भने ६९५ जनाले आकस्मिक (आपतकालीन) सेवा र १०८ जनाले अन्तरङ्ग (आईपीडी) भर्ना सेवा प्राप्त गरेका छन् ।
यसैगरी, लक्षित वर्गका लागि सञ्चालित सामाजिक सेवा इकाई (एसएसयू) बाट ५९ जना र ज्येष्ठ नागरिक (जेरियाट्रिक) सेवाबाट २५५ जनाले लाभ उठाएका छन्।
फिजियोथेरापी (फिजियोथेरापी) तर्फ ८० जना नयाँ र २११ जना पुराना गरी कुल २९१ जनाको उपचार गरिएको छ। अस्पतालको प्रयोगशाला तथा अन्य परीक्षण सेवाहरू पनि उच्च रूपमा उपयोग भएको देखिन्छ ।
प्रयोगशाला (प्रयोगशाला): १,३३८ वटा परीक्षण एक्स–रे ७८२ वटा अल्ट्रासाउन्ड ६७१ वटा ई.सि.जि. १५० वटा फार्मेसी ३,०८२ जनाले सेवा लिएका जेन–एक्सपर्ट कुल परीक्षण: २०२ वटा जेठ महिनामा कुल ३२ जना गर्भवती महिलाले प्रसुति सेवा लिएका छन्, जसमध्ये ३० जनाको सामान्य प्रसुति भएको छ भने २ जनाको जटिल शल्यक्रिया मार्फत प्रसुति गराइएको छ। भ्याकुम प्रविधिको प्रयोग शून्य रहेको छ।
अस्पतालले सुरक्षित गर्भपतन अन्तर्गत पीएसी मार्फत ११ र सीएसी मार्फत १९ जनालाई सेवा दिएको छ। यस्तै एसएनसीयू मा २ जना नवजात शिशुको उपचार गरिएको छ। मातृशिशु स्वास्थ्य अन्तर्गत गर्भवती जाँच ६६ जना खोप २० जना पहिलो पटक रुश गरेका: १८१ जना विशेष रोग तथा कार्यक्रमहरू तर्फ एआरभीको पहिलो र दोस्रो डोज ४८ जनाले तथा तेस्रो डोज ३४ जनाले लिएका छन्। एआरटी सेवा २१ जना र एआरटी फलोअप २० जनाले गरेका छन्। ओसिएमसिमा ३ जना नयाँ र १ जना फलोअपका लागि आएका छन्।
दन्त सेवा ५५ जना, स्त्री रोग सेवा ५३ जना, र नसा तथा हाडजोर्नी सेवा २७२ जनाले लिएका छन्। यसै अवधिमा १० जनाले रक्तदान गरेका छन् भने २ वटा लास पोष्टमार्टम गरिएको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य बीमा मार्फत सेवा लिनेको संख्या ६२९ रहेको छ, जसले अस्पतालमा बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ ।
