बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ लागू गर्ने र सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा दिने सुनिश्चितता गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार साउन १ मा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा कार्यक्रम आयोजना गरिनेछ ।
साउन १ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयको परिसरमा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गरिने भएकाले सबैलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।
