दार्चुलामा क्वारेन्टाइन कार्यालय स्थापना नहुँदासम्म कृषि तथा पशुजन्य वस्तु आयातमा रोक

दार्चुला । दार्चुलामा क्वारेन्टाइन कार्यालय स्थापना नहुँदासम्मका लागि विभिन्न कृषि, वनस्पतिजन्य तथा पशुजन्य वस्तुको आयातमा रोक लगाएको छ।

दार्चुला भन्सार कार्यालयले एक सार्वजनिक सूचना अनुसार क्वारेन्टाइन कार्यालय सञ्चालनमा नआएसम्म ताजा फलफूल, तरकारी, माछामासु, दुग्धजन्य पदार्थ, पशु आहार तथा केही प्रशोधित पेय पदार्थको आयात गर्न नपाइने भनेको हो ।

सूचनाअनुसार आयातमा रोक लगाइएका सामग्रीहरूमा कृषि तथा वनस्पतिजन्य वस्तुअन्तर्गत ताजा फलफूल र तरकारी रहेका छन्।

त्यसैगरी पशु तथा पशुजन्य उत्पादनअन्तर्गत जीवित, ताजा, चिसो वा प्रशोधित माछा तथा मासु, दूध, दही, चिज, मक्खनलगायत अन्य डेरी उत्पादनहरू पनि समावेश छन्।

यस्तै खाद्य तथा दानाजन्य वस्तुअन्तर्गत कुखुरा, गाईवस्तु वा माछाका लागि आवश्यक दाना तथा त्यसका कच्चा पदार्थ, साथै प्याकेजिङ तथा प्रशोधित जुसलगायतका पेय पदार्थको आयातसमेत रोकिएको दार्चुला भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले नियमविपरीत प्रतिबन्धित सामग्री आयात गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

क्वारेन्टाइन कार्यालय स्थापना भएपछि मात्रै यस्ता वस्तुको आयात प्रक्रिया पुन: नियमित हुने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.