डडेल्धुराको खस्र्याखानमा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

दार्चुला । डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढी बाट दार्चुला तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी पनि घाइते छन् ।
घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.