दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ की ७५ वर्षीया देवकी भट्ट सिडीबाट लडेर गम्भीर घाइते भएकी छन्।
शुक्रबार आज बिहान भएको घटनापछि घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो।
अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचार आवश्यक रहेको भन्दै उनलाई धनगढी रेफर गरेका छन्।
रेफर गरिएपछि नेपाल प्रहरीले उद्धार तथा समन्वयलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाई घाइते भट्टलाई थप उपचारका लागि सुरक्षित रूपमा धनगढी पठाएको जनाएको छ। प्रहरीले समयमै उद्धार र समन्वय गरेकाले उपचार प्रक्रियामा सहजता भएको बताइएको छ।