कञ्चनपुर
अवैध काठ सहित कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवासका एक युवक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले अवैध काठ सहित पुर्नवास ९ धनसिङ्गा बस्ने ३९ बर्षिया ऐन बहादुर शाहीलाई पक्राउ गरिएको बताए ।
प्रवक्ता रावतका अनुसार शाहीले घरमा सिसम जातको चार थान गोलीया १७।५५क्युफिट काठ लुकाई राखेकाले काठ बरामद सहित मानिसलाई पक्राउ गरिएको बताए ।
प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय पचगडीमा बुझाएको छ ।