कञ्चनपुरका किसानलाई मल छैन, किसान आन्दोलित, सरकार हेरेको हेरै

धन सिह धामी
कञ्चनपुर
मलको माग राख्दै कञ्चनपुरका किसान आन्दोलित भएका छन । मल नपाएपछि जिल्लाका विभिन्न गाँउबस्ती पालिका क्षेत्रका किसान आन्दोलित भएका हुन । किसानहरुले बर्खे धान, उखु, मकै सहितका अन्नबालीका लागि आवश्यक चाहिने मल समयमै नपाएको भन्दै सरकारीदेखि पालिका, प्रदेश र संघीय सरकार बिरुद्ध नाराबाजी गरेका छन ।

देशमा तीन÷तीन सरकार हुँदा पनि आफुहरुले निःशुल्क उस्तै होईन खरिद गर्न खोजेपनि समयमै नपाएको किसानको गुनासो छ । जिल्लाका किसानहरुले देशका पटक पटक सरकार फेरिए, तर आफ्नो साझा पीडा कहिल्यै नफेरिएको भन्दै दुख व्यक्त गरिरहेका छन । आफ्नै पैशाले खरिद गर्छु भन्दा पनि सरकारले मल उपलब्ध गराउन नसक्ने चिन्ता व्यक्त गरिरहेका छन ।
कञ्चनपुरमा एक लाख ६१ हजार ७४१हेक्टर जमिन भएपनि ५९ हजार ६ सय २अर्थात ३६प्रतिशत जमिनमा हजारौँ किसानले खेतीपाती गर्दैै आएका छन ।
मंगलबार मल नपाएपछि भीमदत्त नगरपालिका कार्यालय मुल गेटमा धर्नामा बसेका किसान रतनराम लुहारले गत असारमा रोपाई लगाएको पनि महिना दिन वित्दै गएपनि हालसम्म मल नपाएको दुखेसो पोखेका छन ।

‘हामी पैशा लगेर नजिककै सहकारीमा गए तर त्यहाँ मल छैन भनेपनि भीमदत्त नगरपालिका मलका लागि दवाव दिएका आएका हौँ, ‘उनले भने, ‘हामीमाथि सहकारी, पालिका, प्रदेश र केन्द्रीय तीनै सरकारबाट धोका भएको छ, चुनावका बेला सबै समस्या समाधान गछौँ भन्नेहरु चुनाव जितेपछि गायब भएका छन, किसानलाई मल दिन नसक्नेहरुले के देश बनाउँलान ।’
अर्का किसान पदम चौधरीले धान खेतीका लागि चार चार पटक सहकारीमा धाउँदा पनि नपाएपछि नगरपालिकामा दवाव दिन आएको बताए । ‘चुनावका बेला तीनै तहका जनप्रतिनिधीहरुले किसानका सबै समस्या समाधान गर्छु भन्ने तर चुनाव जितेपछि हामीमाथि वेवास्ता भयो, ‘अहिले खेतमा मल छर्किएर व्यस्थ हुने किसान बाध्य भएर पालिकामा आन्दोलन गर्न आउनुपर्ने बाध्यता भयो ।’ अहिले मात्रै होईन हरेक पटक यस्तै मल अभावले आफुहरुले आन्दोलित हुनुपर्ने अवस्थाको अन्त्य कहिले होला भन्दै प्रशन गरेका छन । मलका लागि पटक पटक सहकारीमा धाउँदा समेत मल नपाएपछि बेलडाँडी २नव बेलडाँडी कृषि सहकारी बिरुद्ध आन्दोलन गरेका सुरेश राज जोशीले पैशा जम्मा गरेपनि मल वितरण नभएपछि सहकारीमा तालाबन्दी गरेर आन्दोलन गरेको बताए । उनले सहकारीले किसानबाट पासबुक बनाएको अतिरिक्त एकसय रकम लिने अनि मलका लागि समयै पैशा जम्मा नगर्ने नदिने प्रवृति बिरुद्ध आन्दोलन गरेको बताए ।
स्थानीय तहका जनप्रतिनिधीकै शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरको एकता बचत तथा ऋण सहकारी संस्था बिरुद्ध आन्दोलन गरेका किसान रमेशदत्त भट्टले सहकारीले समय मलखाद वितरण नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

अर्का किसान मिना रावतले समयमै किसानले मलबिल नपाएको दुखेसो पोखिन् । ‘मलका लागि हामी पटक पटक सहकारीमा धाए, बिहानैदेखि दिनभर लाईनमा बस्दा पनि पाएनौँ, ‘उनले भनिन, ‘एक किसानलाई १०किलोका दरले दियो, यो त कनिका छरे जस्तै भयो ।’
यसका साथै जिल्लाभरीका विभिन्न गाँउबस्ती शहरबजारमा रहेका सहकारी बिरुद्ध किसान बाध्य भएर आन्दोलनमै उत्रिएका छन । किसानहरुले देशमा सरकार फेरिए, फेरिन्छन, पनि तर खेतीपातीमै आफ्नो र परिवारको जिवन निर्वाह गर्दै किसानको जिवनशैली कहिल्यै नफेरिएको दुखेसो पोखेका छन ।
जिल्लाका पालिका सरकारहरुले आवश्यकता भन्दा माथिबाटै कोटा निर्धारण गरेर न्यून परिमाणमा मलखाद पठाउनुदा वितरणमा समस्या भएको बताएका छन । भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले माथिबाटै माग अनुरुप न्यून कोटा निर्धारण गरेर रसायनिक मल पठाउँदा वितरण प्रणालीमा समस्या हुने बताए । प्रमुख प्रशासकीय अधिकृत बमले वितरण प्रकृयामा कहिकतै सहकारीबाट बदमासी भए कार्बाहीको चेतावनी दिएका छन । कृषिमन्त्री गिता चौधरीकै माईती गृहनगर कञ्चनपुरमा मल अभावले जनता आन्दोलित भएपछि उक्त पाटी सरकारले चासो दिन्छ वा दिदैनन भन्ने बारे नागरिक पखाईमा छन ।

Leave A Reply

Your email address will not be published.