सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले छैठौं स्थापना दिवस मनायो

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले छैठौं स्थापना दिवसभव्यताका साथ मनाइएको छ । मंगलबार एक समारोहको आयोजना गरी बार्षिकोत्सब मनाइएको सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति गुणराज न्यौपानेले जानकारी दिए ।

विहान ८:३० बजेदेखी सदरमुकाम खलंगास्थित सशस्त्र गण परिसरमा विभिन्न कार्यक्रमसहित दिवस मनाइएको उनले बताए । कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ बाहिनी कैलालीका सशस्त्र प्रहरी नायव महानिरीक्षक दीगविजय सुवेदीले गरेका छन् ।

छैठौं स्थापना दिवसमा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल सहित कार्यालय प्रमुखहरुसहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अधिकारी, विभिन्न पेशा तथा व्यवसायकर्मी सरोकारवाला आमन्त्रित विभिन्न व्यक्तित्तहरुको आतिथ्यता रहेको थियो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले हरेक वर्ष आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.