अपिहिमालमा विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकाको आयोजनामा तथा विश्व खाद्य कार्यक्रम को प्राविधिक सहयोग एवं सहजीकरणमा स्थानीय कृषि उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

बुधबार (आज) अपिहिमाल गाउँपालिकाको सभाहलमा आयोजित कार्यशालामा गाउँपालिकाभित्रका प्रधानाध्यापक, स्रोत शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै थप प्रभावकारी, गुणस्तरीय तथा दिगो बनाउने विषयमा छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

साथै स्थानीय कृषकबाट उत्पादित खाद्यान्नको उपयोगलाई प्राथमिकता दिँदै विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान र सुझाव संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर विष्टले जानकारी दिए ।

कार्यक्रमका आयोजकले सहभागी सम्पूर्ण प्रधानाध्यापक, स्रोत शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै स्थानीय कृषि उत्पादनको प्रवद्र्धनमार्फत विद्यालय दिवा खाजा कार्यक्रमलाई थप सुदृढ र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.