कांग्रेस विवाद– सर्वोच्चमा फाइल फेरि खुल्ने, देउवाले दिएको दिएको निवेदनमा अनुमति प्रदान

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामा पुनरवलोकन गर्न अनुमति दिएको छ ।

अनुमति माग गर्दै कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए ।

उक्त निवेदनमा बिहीबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइका लागि ‘निस्सा’ प्रदान गर्ने आदेश दिएको हो ।

अब कांग्रेसको आधिकारिकता विवादमा पुनः फाइल खुल्ने भएको छ । यसअघि सर्वोच्चले गगन  थापा नेतृत्वलाई आधिकारिकता दिनेगरी निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.