जिल्ला खेलकुद समितिको अध्यक्षमा सुरेन्द्र बहादुर बम नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले दार्चुला जिल्ला खेलकुद  समितिको अध्यक्षमा सुरेन्द्र बहादुर बमलाई नियुक्त गरेको छ।

परिषद्का सदस्य सचिव लोकबहादुर खड्काद्वारा जारी नियुक्तिपत्रअनुसार सुदूरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ तथा प्रदेश खेलकुद नियमावली, २०७७ बमोजिम परिषद्को साउन २०गते बसेको बैठकको निर्णयअनुसार बमलाई चार वर्षका लागि जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा नियुक्त गरिएको हो।

नियुक्तिपत्रमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै प्रचलित ऐन, नियमावली तथा परिषद्का निर्णय र निर्देशनअनुसार इमान्दारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरिएको छ।

बम दार्चुलाका पूर्व राष्ट्रिय भलिबल खेलाडी पनि हुन ।

यस नियुक्तिसँगै दार्चुला जिल्लाको खेलकुद  खेल पूर्वाधार विस्तार, खेलाडी उत्पादन तथा खेल गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.