कांग्रेस इतरपक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा नेता डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेलको मुख्य उद्देश्य रहेको समेत दाबी गरे ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।

नेता कोइरालाले सर्वोच्च अदालतले कांग्रेसबारे दिएको आदेश सकारात्मक रहेको बताए । सञ्चारकर्मीले देउवा नेपाल आउँदा धरपकड भए के गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा भने, ‘हामी विरोध गर्छौँ ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.