हङकङबाट बैंकक पुगे देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट बैंकक पुगेका छन् भने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।

उपचारका क्रममा पाँच महिनादेखि विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने तय भएको थियो। तर, उनी हङकङबाट बैंकक गएपछि नेपाल फर्किने समय दुई दिन पछि सरेको जनाइएको छ।

देउवा निकट नेताहरूका अनुसार, उनी शुक्रबार हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन्। अब बैंककबाटै नेपाल फर्किने कार्यक्रम तय भएको छ।

उनी साउन २८ गते बिहीबार थाइ एयरको विमानबाट नेपाल फर्किन लागेको जनाइएको छ।

कांग्रेस संस्थपन इतर समूहको आयोजनामा साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला हुँदै छ। भेलाका लागि देशभरका नेता तथा कार्यकर्ता काठमाडौँ आउँदै छन्।

भेलाका लागि आएका नेता तथा कार्यकर्तालाई देउवाको स्वागतमा विमानस्थलमा उतार्ने तयारी रहेको छ। पूर्वप्रधानमन्त्री देउवा साउन २८ गते दिउँसो बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने भएका छन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गरिएको थियो। देउवा दम्पत्तिमाथि आक्रमण भएको थियो।

केही समय नेपालमा उपचारपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्केका देउवा ‘फलोअफ’कै क्रममा गत फागुन १३ मा सिंगापुर गएका थिए।

सिंगापुरबाट थप उपचारका लागि पत्नी आरजु राणा देउवासँगै हङकङ पुगेका थिए। उनी लामो समय हङकङमा बसेर शुक्रबार बैंकक पुगेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.