दार्चुला । दार्चुलाको जनविकास माध्यमिक विद्यालय बारबाँजमा कार्यरत शिक्षक मदनराज जोशी सम्पर्कविहीन भएका छन् । दुहुँ गाउँपालिका–४ बगौरा स्थायी ठेगाना भएका ४३ वर्षीय जोशी गयराती करिब १२ बजेदेखि बिहान ४ बजेको बीचमा महाकाली नगरपालिका–४ स्थित घरबाट सम्पर्कविहीन भएको पारीवारिक स्रोतले जनाएको छ ।
वेपत्ता जोशीको अवस्था हालसम्म अज्ञात रहेको परिवारले जनाएको छ। परिवारले आफन्त, छरछिमेकी, सहकर्मी तथा आम नागरिकलाई जोशीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ।
जोशीका बारेमा कुनै जानकारी प्राप्त भएमा वा कतै भेटिएमा मनोरथ जोशी ९८४८७३४०२१ वा राधाकृष्ण जोशी ९८४०७१६८४७ मा तत्काल खबर गरिदिन परिवारले अनुरोध गरेको छ।
