दार्चुला । दार्चुला भन्सार कार्यालयले नयाँ आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ भन्सार राजश्व संकलनको नयाँ लक्ष्य लिएको छ ।
गत आर्थिक वर्ष २०८२/०८३मा १ करोड १६ लाख १२ हजार २७८ रुपैयाँ भन्सार राजश्व संकलन गरेको कार्यालयले चालू वर्षमा एक करोड २० लाख राजस्व संकलनको दायित्व पाएको जनाएको छ ।
भन्सार कार्यालय दार्चुलाका सूचना अधिकारी विकास सुनारका अनुसार साउनमा ८ लाख ४० हजार, भदौंमा ९ लाख ६० हजार, असोजमा १० लाख ८० हजार र कार्तिकमा ७ लाख २० हजार भन्सार संकलनको लक्ष्य रहेको बताए ।
यस्तै मंसिरमा ७ लाख २० हजार, पुषमा ८ लाख ४० हजार, माघमा ९ लाख ६० हजार र फागुनमा ९ लाख ६० हजार भन्सार संकलन गर्ने लक्ष्य रहेको बताए ।
चैत्रमा १० लाख ८० हजार, वैशाखमा १२ लाख, जेठमा १४ लाख ४० हजार र असारमा १२ लाख रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्यसहित तालिका छ ।
दार्चुलामा हाल एउटा मात्रै भन्सार कार्यालय छ ।
