दार्चुला । युवा दिवसको अवसरमा गोकुलेश्वर बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैल्यशिखर नगर समितिको आयोजनामा गोकुलेश्वर–दार्चुला जोड्ने सडकको छेउछाउ तथा चमेलिया नदीमाथि निर्मित मोटरेबल पुल क्षेत्रमा सरसफाइ गरिएको रास्वपा दार्चुलाका सचिव राजेन्द्र पन्तले जानकारी दिए।
सचिव पन्तले अन्य दलभन्दा फरक ढंगले जनताको मन जित्ने अभियानमा आफूहरू रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सरसफाइ तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै जनताको प्रत्यक्ष सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।
