दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्णयअनुसार सार्वजनिक बिदाका दिनसमेत यी अत्यावश्यक सेवाहरू सञ्चालन हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले २०८३ सालका सरकारी तथा सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

