दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–३ गुमाखोलीका स्वर्गीय प्रहरी जवान उत्तम थापाको सम्झनामा धनगढी उपमहानगरपालिका–१, सन्तोषी टोलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भित्तामा उनको चित्र बनाइएको छ ।
गत वर्ष भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट प्रहरी जवान थापाले ज्यान गुमाएका थिए । त्यतिबेला उनी काठमाडौंको महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत थिए ।
करिब नौ वर्ष प्रहरी सेवामा रहेका थापा परिवारका मुख्य सहारा थिए । कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका उनको योगदान र बलिदानको सम्झना गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भित्तामा उनको चित्र बनाइएको हो ।
थापाको चित्रमार्फत उनको योगदान, कर्तव्यनिष्ठा र बलिदानलाई स्मरण गरिएको छ । स्थानीय तथा प्रहरी अधिकारीहरूले थापाको योगदानलाई सम्मान गर्दै उनको सम्झना सदैव जीवित रहने बताएका छन् । थापाको मृत्युले उनको परिवार सहाराविहीन बनेको छ ।
यो समाचार पनि पढ्नुुस्–
चारदिनपछि घरआउँछु भनेका उत्तम थापा सधैका लागि अस्ताए, परिवारमा बज्रपात
