भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो, उद्धारमा खटिएकालाई सुरक्षित रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा पुन: लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै उद्धारमा खटिएकालाई सुरक्षित रहन आग्रह गरेकी छन्।

सूचनामा भनिएको छ, ‘थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।’

चीनबाट आयो ड्याम पुन: फुटेको सूचना आएकाले प्रहरीले पनि सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.